
नयाँ दिल्ली, 5 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मैथिली औ भोजपुरीकी लोक गायिका 'पद्म भूषण' शारदा सिन्हालाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै नमन गरिन्।
मुख्यमन्त्रीले आज आफ्नो सोशल मीडिया अकाउण्ट एक्समा लेखिन्, लोक गायिका पद्म भूषण शारदा सिन्हाको मधुर आवाजले लोक गीतहरूलाई जन-जनको हृदयसम्म पुऱ्यायो। शारदा सिन्हाका गीतहरूले भारतीय संस्कृतिलाई नयाँ उचाईँ प्रदान गऱ्यो। उनले आफ्ना सुरहरूले पर्व, परम्परा एवं मातृभूमिको माटोको सुगन्धलाई अमर तुल्याइन्।
मुख्यमन्त्रीले भनिन्, आज पनि तपाईको गीत लोक संस्कृति र पर्वको आत्मा हो जसले यो दर्शाउँछ कि तपाईको कला संगीत मात्र होइन, अपितु हाम्रो सांस्कृतिक चेतनाको धुरी पनि हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा