
कोलकाता, 05 नोभेम्बर (हि.स.)। कोलकाताको न्यूटाउन क्षेत्रका स्वर्ण व्यवसायी स्वप्नन कामिल्याको अपहरणपछि हत्या भएको मामिलामा परिवारले जलपाईगुड़ी जिल्लाको राजगञ्ज ब्लकका बीडीओ प्रशान्त बर्मनविरूद्ध पुलिसमा सिकायत दर्ता गराएको छ। पुलिस मुताविक बीडीओमाथि व्यवसायीलाई धम्की दिएको अनि हत्या गर्ने षड़यन्त्र रचेको आरोप लगाइएको छ।
परिवारको सिकायत अनुसार स्वप्नन कामिल्याको शव गत 28 अक्टोबरको दिन जत्रागाछीको एउटा नालामा भेटिएको थियो। पश्चिम मेदिनीपुरको दिलमाटिा गाउँ निवासी कामिल्याको कोलकाताको सल्टलेकस्थित दत्ताबाद क्षेत्रमा सुनको गहना पसल छ।
पुलिस जाँचमा थाहा लागे अनुसार गत अगस्त महिनामा राजगञ्जगा बीडीओ प्रशा्न्त बर्मनको घरबाट सुनको गहना चोरी भएको थियो। जाँचबुझमा घरका केयरटेकरले बताए, उसले चोरी गरेको सुन स्वप्नन कामिल्यालाई बेचिसकेको छ। त्यसपछि बीडीओ बर्मन कामिल्याको घरमा पुगे, तर त्यसबेला कामिल्या घरमा थिएनन्। परिवारको आरोप छ, त्यसबेला बीडीओले कामिल्यालाई ज्यानमारा धम्की दिएका थिए साथै उसको एउटा भीडियो पनि मोहानपुर थानामा जमा गरिएको छ।
पुलिस अनुसार पछि सम्पर्क भएपछि कामिल्याले चोरीका गहनाहरू फर्काउने आश्वासन दिएका थिए। त्यसपछि 27 अक्टोबरको दिन बीडीओ पाँचजना मानिसहरूलाई लिएर दत्ताबादस्थित पसलमा पुगे अनि कामिल्या र दोकानको घर मालिकलाई कारमा बसाेर न्यूटाउनतिर लिएर गए। केही पर पुगेपछि घर मालिकलाई कारबाट उतारिदिए, तर स्वर्ण व्यवसायीलाई आफूसितै लिएर गए।
दोस्रो दिन पुलिसले कामिल्याको रगताम्मे शव हात फेला पाऱ्यो जसलाई आर. जी. कर मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। पुलिस सूत्रानुसार शरीरमा धेरै ठाउँ चोटको निशान पाइयो।
स्वप्नन कामिल्याको आफन्त देवाशीष कामिल्याले लिखित सिकायत दर्ता गराएका छन्। राजगञ्ज बीडीओविरूद्ध भारतीय न्याय संहिताको अपहरण, हत्या एवं प्रमाण मेटाकोसित सम्बन्धित दाराहरूमा मामिला दर्ता गरिएको छ। बिधाननगर साउथ थानाको पुलिसले घटनास्थलको सीसीटीभी फुटेजलाई पनि आफ्नो कब्जामा लिएको छ। जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा