
पश्चिम मेदिनीपुर, 05 नोभेम्बर (हि. स.)। बुधवार भोर बिहान पश्चिम मेदिनीपुर जिल्लाका घाटहरूमा कार्तिक पूर्णिमाको पावन अवसरमा पञ्चव्रत रास पूर्णिमा उत्सव भक्तिभाव तथा आस्थाको साथमा मनाइयो। यस विशेष धार्मिक पर्वमा जिल्लाका प्रमुख नदीहरू क्रमैले सुवर्णरेखा नदी, कसाई नदी, मोहनपुर नदी सहित अन्य घाटहरूमा बिहानदेखिकै श्रद्धालुहरूको व्यापक भीड़ उर्लिएको छ।
प्राप्त जानकारी अनुसार बिहान हुनसाथ श्रद्धालुहरूले पवित्र स्थान गरी दान, दीपदान तथा पूजा-अर्चना गरे। पौराणिक मान्यता अुसार पञ्चव्रत रास पूर्णिमाको दिन ब्रह्ममुहूर्तमा पवित्र नदीमा स्नान गर्नाले समस्त पापहरूको नाश हुन्छ अनि मोक्ष प्राप्त हुन्छ। यसै श्रद्धाभाव लिएर ठूलो संख्यामा मिहाल अनि भक्तजनहरू नदी तटमा आइपुगे।
महिलाहरूले पञ्चव्रतको पालन गर्दै देवी लक्ष्मी, तुलसी माता र भगवान श्रीकृष्णको पूजा-अर्चना गरे भने पुरूषहरूले परिवारको सुख-समृद्धि र कल्याणको कामना गरे।
कसाई अनि मोहनपुर नदीका घाटहरूमा पनि बिहानदेखिकै मानिसहरूको लामो ताँत देखियो। घाटमा दीपदान, भजन-कीर्तन तथा रास उत्सव आयोजना गरियो। सुवर्णरेखा नदी तटा राधा-कृष्णको भव्य झाँकी अनि रासलीलाको मञ्चन पननि गरियो जसमा ठूलो संख्यामा श्रद्धालुहरू सामेल भए।
स्थानीय प्रशासन औ स्वयंसेवी संगठनहरूले श्रद्धालुहरूको सुविधा अनि सुरक्षाको लागि विशेष प्रबन्ध गरे भने पुलिसकर्मी तथा सिभिल डिफेन्सका जवानहरू भोर बिहानदेखिकै घाटहरूमा तैनाथ रहे ताकि कुनै अप्रिय घटना नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा