
बाँकुड़ा, 05 नोभेम्बर (हि.स.)। बाँकुड़ा साइबर क्राइम थानाको पहलमा बितेको मंगलवार साँझ शहरका विभिन्न क्षेत्रहरू क्रमैले किषाण मण्डी, नूतनचटी तथा कटजुरिडांगा बसस्ट्याण्ड परिसमा जन-जागरूकता अभियान आयोजना गरियो। यस अभियानको उदेश्य आम नागरिकहरूलाी अनलाइन ट्रेडिंग धोकाधड़ी एवं “डिजिटल अरेस्ट” जस्ता नयाँ प्रकारका साइबर अपराधहरूप्रति सतर्क गराउनु थियो।
यस अवसरमा उपस्थित पुलिस अधिकारीहरूले विस्तारपूर्वक बताए, कसरी साइबर ठगले आफूलाई सरकारी अधिकारी वा पुलिस विभागको प्रतिनिधि बताएर मानिसहरूलाई भयभित पार्छ अनि “डिजिटल अरेस्ट”- को नाममा उनीहरूबाट रुपियाँ ठग्ने काम गर्छ। अधिकारीहरूले भने, यस्तो कुनै कल वा सन्देशमाथि विश्वास गर्नु हुँदैन। साथै आफ्नो व्यक्तिगत अथवा ब्यांक सम्बन्धि जानकारी साझा गर्नु हुँदैन। उनीहरूले मानिसहरूसित अपील गरे, कुनै पनि प्रकारको शंका लागे डराउनको सट्टा नजिकैको थानासित सम्पर्क गर्नुहोला वा तत्कालै साइबर हेल्पलाइन नम्बर 1930-मा कल गरेर सहायता प्राप्त गर्नुहोला।
कार्यक्रम अवधि पुलिस कर्मीहरूले पर्चा वितरण गरी नागरिकहरूलाई साइबर सुरक्षाप्रति जागरूक गराए अनि आम मानिसहरूलाई सजग र सतर्क रहने आग्रह गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा