बंगालका राज्यपाल अनि मुख्यमन्त्रीले गुरू नानक देवजीलाई गरे नमन
बंगालका राज्यपाल अनि मुख्यमन्त्रीले गुरू नानक देवजीलाई गरे नमन


कोलकाता, 05 नोभेम्बर (हि.स.)। पश्चिम बंगालका राज्यपाल सी. वी. आनन्द बोस र मुख्यमन्त्री ममता ब्यनर्जीले गुरू नानक देवजीको 556औं जयन्तीमा बुधवार श्रद्धाञ्जली अर्पण गर्दै उनका शिक्षाहरूको सार्वभौमिकता र मानवताको सन्देशलाई स्मरण गरे।

राज्यपालले आफ्नो सन्देशमा भने, गुरू नानक देवजीको आध्यात्मिक विकास, करूणा एवं न्यायको मार्गलाई कुनै पनि सीमाले बाँध्न सकेको छैन जसले आज पनि समाजलाई प्रेरित गर्दछ। उनले प्रार्थना गरे, उनका शिक्षाहरूले मानिसहरूलाई करूणा, सौहार्द अनि मानव सेवाको मार्गमा अग्रसर हुन मार्गदर्शन गरिरहुन्।

मुख्यमन्त्रीले पनि सोशल मीडिया मञ्च एक्सको माध्यमबाट श्रद्धाञ्जली अर्पण गर्दै लेखिन्, “वाहे गुरु जी का खालसा, वाहे गुरु जी की फतेह! गुरु नानक देवजीको जयन्तीमा हार्दिक नमन।” उनले भनिन्, गुरू नानक देवजीको शिक्षा शान्ति, समानता र एकताको पथको प्रतीक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande