
पूर्व मेदिनीपुर, 5 नोभेम्बर (हि.स.)। बुधवार बिहान रामनगर थाना अन्तर्गत चकघुली क्षेत्रमा एकजना 25 वर्षीय विवाहित महिलाद्वारा आत्महत्या गरिएको घटनाले सम्पूर्ण क्षेत्रलाई पिरोलेको छ। मृतकाको पहिचान सूचना माहाराणाको रूपमा भएको छ।
परिवारका सदस्य अनुसार गत मंगलवार राति सूचना सदा जस्तै परिवारसित भोजन सेवन गरेपछि सुत्न गएकी थिइन्। बुधवार भोर बिहान महिलाको चार वर्षीय छोरा रोएको आवाज सुनेर सबै निन्द्राबाट ब्युँझिए। कोठामा गएर हेर्दा सूचना गलफन्दामा झुण्डिरहेकी थिई।
परिवारका सदस्यहरूद्वारा तुरून्दै ग्राम प्रधान अनि रामनगर थाना पुलिसलाई सूचना दिइयो। पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि पठाइदियो।
जानकारी अनुसार मृतकाका पति गोविन्द महाराणा कामको सिलसिलामा बेंगलुरुमा बस्छन्। प्रारम्भिक जाँचमा अत्महत्याको कारण अहिलेसम्म खुलासा हुन सकेको छैन। पुलिसले पारिवारिक कारण सहित सबै पाटोको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा