पाकिस्तानसित क्रिकेट म्याच हुनसक्छ भने करतारपुर करिडोर किन खोलिन सक्दैनः भगवन्त मान
पाकिस्तानसित क्रिकेट म्याच हुनसक्छ भने करतारपुर करिडोर किन खोलिन सक्दैनः भगवन्त मान


चण्डीगढ़, 5 नोभेम्बर (हि.स.)। पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले करतारपुर साहिब करिडोरको मुद्दामा केन्द्र सरकारको आलोचना गर्दै भने, जब भारत-पाकिस्तानबीच क्रिकेट म्याच भइरहेको छ भने करतारपुरको करिडोर पनि खुल्ला रहनुपर्छ। यसबाट श्रद्धालुहरूलाई सुविधा हुनेछ अनि दुवै देशमाझ व्यापार, रोजगार र आपसी भरोसाको नयाँ बाटो खोलिनेछ।

कंग्रेस अध्यक्ष राजा वडिंगको धर्म एवं जातिसित सम्बन्धित टिप्पणीमाथि उनले भने, म यस सम्बन्धमा केही भन्न चाहन्न। म गुरूको घरमा आएको छु। जुन मानिसहरूले यस किसिमको भावना राख्छन्, उनीहरू आफैलाई आफू गलत रहेको कुरा अनुभूत हुनेछ। म उनीहरूको लागि पनि प्रार्थना गर्दछु कि परमात्माले उनीहरूलाई विवेक र मार्गदर्शन प्रदान गरून्।

मुख्यमन्त्रीले भने, पञ्जाब गुरू, पीर तथा शहीदहरूको धरती हो। म प्रार्थना गर्दछु, परमात्माले यस धरतीा बस्ने मानिसहरूलाई सदबुद्धि, बल र सही मार्गमा हिँड़्ने शक्ति प्रदान गरुन्। उनले यो पनि भने, गुरू साहिबले जुन जिम्मेवारी हामीलाई दिएका छन्, त्यसलाई पूर्ण इमानदारीपूर्वक निर्वाह गर्ने शक्ति हामीलाई प्राप्त होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande