ममता ब्य1नर्जीले देशबन्दु चित्तरञ्जन दासलाई पुण्यतिथिमा दिइन् श्रद्धाञ्जली
ममता ब्य1नर्जीले देशबन्दु चित्तरञ्जन दासलाई पुण्यतिथिमा दिइन् श्रद्धाञ्जली


कोलकाता, 05 नवंबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार देशबन्धु चित्तरञ्जन दासको जयन्तीमा उनलाई नमन गर्दै उनको त्याग र योगदानलाई स्मरण गरिन्।

उनले देशबन्धुलाई भारतको स्वतन्त्रता आन्दोलनका अग्रणी नेताहरूमध्ये एक बताउँदै भनिन्, उनको जीवन राष्ट्रहित र साम्प्रदायिक सौहार्दको उदाहरण हो। ममताले एक्सको पोस्टमा लेखिन्, “भारतको स्वतन्त्रता संग्रामका अग्रदूतहरूमध्ये एक देशबन्दु चित्तरञ्जन दासको जयन्तीमा उनलाई सादर नमन।”

मुख्यमन्त्रीले भनिन्, देशबन्धुको निःस्वार्थ देशभक्तिले स्वतन्त्रता आन्दोलनलाई दिशा मात्र दिएन जबकि नेताजी सुभाष चन्द्र बोस जस्ता अनेकौं नेताहरूलाई पनि देशसेवाको निम्ति प्रेरित गऱ्यो।

उनले यो पनि उल्लेख गरिन्, राष्ट्रको कल्याणप्रति उनको अटुट प्रतिबद्धता, हिन्दू-मुस्लिम एकतामा उनको आस्था एवं स्वतन्त्रताको लागि उनको संघर्ष आज पनि सबैका लागि प्रेरणाश्रोत हो।

स्वतन्त्रता आन्दोलनमा महत भूमिका निभाउने चित्तरञ्जन दास कोलकाता निगमका मेयर थिए। उनको समावेशी राष्ट्रवादको सोचलाई आजको सामाजिक-राजनीतिक परिस्थितिमा पनि उत्तिकै प्रासंगिक मानिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande