असम जातीय परिषदमा सामेल भए पूर्व केन्द्रिय मन्त्री राजेन गोहाईं
असम जातीय परिषदमा सामेल भए पूर्व केन्द्रिय मन्त्री राजेन गोहाईं


गुवाहाटी, 05 नोभेम्बर (हि.स.)। असमको राजनीतिमा ठूलो परिवर्तन देख्न पाइएको छ। वरिष्ठ भाजपा नेता तथा पूर्व केन्द्रिय मन्त्री राजेन गोहाईले भाजपासित सम्बन्ध विच्छेद गरेपछि बुधवार औपचारिक रूपमा असम जातीय परिषद (एजेपी)-मा सामेल भए।

गोहाईं एजेपीमा सामेल हुने कुरा गए मंगलवार नै निश्चित भइसकेको थियो, केवल औपचारिक घोषणा हुन बाँकी थियो। आज पार्टी अध्यक्ष लुरिन ज्योति गोगोई तथा अन्य पार्टी नेताहरूक उपस्थितिमा गोहाई असम जातीय परिषदमा सामेल भए।असमको राजनीतिमा भाजपाका एकजना पुराना र प्रभावशाली अनुहारको रूपमा रहेको गोहाईको यो नयाँ राजीतिक दिशालाई महत्वपूर्ण मानिंदैछ।

उल्लेखनीय छ, गोहाईंले राज्य भाजपाको हालैको कामकाजप्रति असन्तोष व्यक्त गर्दै गत 9 अक्टोबरमा पार्टीका सबै पदहरूबाट राजीनामा दिएका थिए।

राजेन गोहाईंले भाजपामा 1991 सालदेखिनै सक्रिय सदस्यको रूपमा काम गर्दै आएका थिए। उनी असम भाजपाका प्रदेश अध्यक्ष र केन्द्रिय मन्त्री पनि रहिसकेका छन्। यस अतिरिक्त उनले नगाउँ लोकसभा क्षेत्रबाट लगातार चार वटा कार्यकालसम्म सांसदको रूपमा प्रतिनिधित्व गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande