बिहारको पूर्णियामा एउटै परिवारका तीन सदस्यको संदिग्धावस्थामा मृत्यु
बिहारको पूर्णियामा एउटै परिवारका तीन सदस्यको संदिग्धावस्थामा मृत्यु


पटना, 05 नोभेम्बर (हि.स.)। बिहारको पूर्णियामा एउटै परिवारका तीनजना सदस्यहरूको मृत्यु भयो। गए मंगलवार अबेर राती यूरोपियन कलोनीमा पति,पत्नी र छोरीको शव भेटिनाले सन्त्राष व्याप्त भएको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाएर घटनाको जाँच शुरू गरेको छ।

पुलिस मुताविक यो सम्पूर्ण घटना पूर्णिया जिल्लाको खजांची हाट थानास्थित यूरोपिययन कलोनीमा भएको बताइएको छ। घटनाको सम्बन्धमा मृतक नवीन कुशवाहाका भाइ जदयू नेता निरञ्जन कुशवाहाले बताए, ''अबेर राती घरमै छोरी सिँढ़ीमा चिप्लिएर लड़ेपछि उसलाई बचाउन गएको पिता पनि लड़े। यो घटनालाई देखेर उनकी पत्नी पनि अचेत भइन् जसले अस्पतालमा अन्तिम सास लिइन्।

स्थानीय मानिसहरूले बताए, मृतक नवीन कुशवाहा पूर्णिया जिल्लाला वरिष्ठ व्यवसायी थिए र बसपा पार्टीका पूर्व लोकसभा उम्मेद्वार पनि रहिसकेका थिए। यस घटनामा उनका पत्नी कञ्चन माला र छोरी तनुप्रियाको पनि मृत्यु भएको छ मृतककी छोरीले मेडिकलको पढ़ाई गरिरहेकी थिइन् जो चौथो सत्रकी छात्रा थिइन्।

एसपी स्वीटी सिंहले बताइन्, सबैलाई अस्पतालमा लगियो जहाँ डाक्टरहरूले जाँच गरेपछि सबैलाई मृत घोषित गरिदिए। तीनैको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुनेछ।

डाक्टरले भने, यो सामान्य मृत्यु हो जस्तो लाग्दैन। डाक्टरले अझ बताए, ''सबैभन्दा पहिला तनु प्रियालाई यहाँ ल्याइयो, त्यसपछि कञ्चन मालालाई अनि आधा घण्टापछि नवीन कुशवाहालाई अस्पतालमा ल्याइयो। नवीनको गलामा निशान थियो। केही क्षणपछि एकपछि अर्को गरी तीनैजनाको मृत्यु भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande