
कोकराझार (असम), 05 नोभेम्बर (हि.स.)। कोकराझारमा डम्परहरूको द्रूत गतिले मानिसहरूलाई भयभित पारेको छ। गत समवार कोकराझाड़–बहलपुर मार्गको शिलाजान क्षेत्रमा डम्परको ठक्करले दुईजना युवकहरूको मृत्यु भएपछि लगत्तै मंगलवार राती पनि बालाजनको तीनिआलीमा फेरि अर्को घटना भएको छ।
जानकारी अनुसार एउटा द्रूत गतिको डम्परले रूपेन राय (45) नामक श्रमिकलाई उसको घर अगाड़ि नै ठक्कर दिएर घटनास्थलबाट भाग्यो। दुर्घटना हुँदा रूपेन आफ्नो घरमा प्रवेश गरिरहेका थिए, यसै अवधि डम्परले उनलाई कुल्चियो। यस घटनामा रूपेन रायको दुवै खुट्टालाई डम्परले कुल्चिएको कारणले उनको अवस्था गम्भीर रहेको बताइएको छ।
स्थानीय पुलिसले घाइतेलाई तुरून्तै कोकराझाड़ मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरायो जहाँ उनको स्थिति अहिले पनि गम्भीर नै छ।
अर्कोतिर स्थानीय मानिसहरूले जिल्लामा बढ़्दो डम्परहरूको गति अ्नि लापरवाहीलाई नियन्त्रण गर्नको लागि प्रशासनसित कड़ा कदम उठाउने माग गरेका छन्। भनिन्छ, अविवाहित रूपेन राय घरमा एक्लै बस्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा