
कोलकाता, 05 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा निर्वाचन आय़ोगद्वारा विशेष गहन पुनरीक्षण (एसआईआर) को प्रथम चरणको पहिलो दिन नै मंगलवार रातिसम्म कूल 18 लाख मतदाताहरूलाई घर-घर गएर एन्यूमरेशऩ फारम बाँड़ियो।
मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयको तर्फबाट जारी बयानमा भनिएको छ, हाउस टू हाउस विजिटको पहिलो दिन 18 लाखभऩ्दा अधिक मतदाताहरूलाई डुप्लिकेट एन्यूमरेशन फारम सुम्पिएको छ र सबै गतिविधिहरू तय कार्यक्रम अनुसार सुचारू रूपमा संचालित भइरहेको छ।
राज्यमा कूल 80 हजार 681 बूथ लेवल अफिसर (बीएलओ) तैनाथ छन् भने राष्ट्रिय र राज्यस्तरीय मान्यता प्राप्त राजनीतिक दलहरूका बूथ लेवल एजेन्ट्स (बीएलए) को संख्या 63 हजारभन्दा अधिक छ। जिल्ला निर्वाचन अधिकारीहरूले सबै दलहरूसित हरेक बूथमा अधिकतम एक-एक बीएलए नियुक्त गर्ने पुनः अपील गरेका छन्। वर्तमानमा पश्चिम बंगालमा सात करोड़ 66 लाख 37 हजार 529 पंजीकृत मतदाता छन्। 294 विधानसभा क्षेत्रहरूमा यी सबै मतदाताहरूसम्म डुप्लिकेट एन्यूमरेशन फारम पुऱ्याउने काम शुरू भइसकेको छ। जुन मतदाताहरूको नाम वर्ष 2002 को अन्तिम व्यापक पुनरीक्षणमा सामेल थियो, उनीहरूले केवल आवश्यक विवरण भरेर फारम जमा गर्नुपर्नेछ।
यहीबीच चुनाउ आयोगको तीन सदस्यीय केन्द्रिय टीमले 5-8 नोभेम्बरसम्म उत्तर बंगालको कूचबिहार, जलपाइगढ़ी र अलीपुरद्वार जिल्लाहरूको दौड़ाह गरी एसआईआरको प्रगतिको जानकारी लिनेछ। यस अवधि टीमको साथ पश्चिम बंगालका सीईओ मनोज कुमार अग्रवाल पनि रहनेछऩ्।
हिन्दुस्थान समाचार / भवानी थामी