सड़क दुर्घटनामा बाइक सवार युवकको मृत्यु
सड़क दुर्घटनामा बाइक सवार युवकको मृत्यु


पश्चिम मेदिनीपुर, 05 नोभेम्बर (हि. स.)। जिल्लाको डेबरा ब्लकमा भएको एक सड़क दुर्घटनामा एक जना युवकको मृत्यु भयो। गए मंगलवार साँझ साढ़े सात बजी16 नम्बर राष्ट्रिय राजमार्गस्थित गुरू नानक होटल नजिक योदुर्घटना भएको हो।

पुलिस सूत्र अनुसार मृतक युवकको नाम सुकदेव बायेन (24) हो जो डेबराको बकलसा क्षेत्रका निवासी थिए। जानकारी मुताविक सुकदेव बाइक मार्फत खड़गपुर भएर डेबरातर्फ गइरहेका थिए। यसै अवधि पछिबाट आइरहेको एउटा अज्ञात द्रूत गतिको वाहनले तिनको बाइकलाई ठक्कर दियो अनि तिनलाई कुल्चिँदै भाग्यो। घटनाको खबर पाउनसाथ डेबरा ट्राफिक ओसी सहित पुलिस बल घटनास्थलमा पुग्यो। शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिसले अज्ञात वाहनलाई खोज्न शुरू गरेको छ। यस दुर्घटनापछि क्षेत्रमा शोक फैलिएको छ। स्थानीय मानिसहरूले राष्ट्रिय राजमार्गमा यसरी लगातार बढ़्दो दुर्घटनालाई लिएर रोष प्रकट गरेका छन्। उनीहरूको आरोप छ, द्रूत गतिको वाहन अनि राती निगरानीको अभाव यस्ता घटनाहरूको मुख्य कारण हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande