
जलपाइगढी, 07 नोभेम्बर (हि.स.)। आशा कर्मीहरूले आठ सूत्रीय मागलाई लिएर राजगञ्ज ग्रामीण अस्पतालमा एउटा ज्ञापन सुम्पिएका छन्। शुक्रवार पश्चिम बंगाल आशा कर्मी यूनियनको पक्षबाट राजगञ्ज ग्रामीण अस्पतालमा सो ज्ञापन सुम्पिइयो। यस अवधि राजगञ्ज ब्लकका विभिन्न ग्राम पञ्चायतहरूबाट लगभग दुई सय महिला आशा कर्मीहरू उपस्थित थिए।
यस सम्बन्धमा यूनियनको पक्षबाट बताइयो, आठ सूत्रीय मागलाई लिएर यो ज्ञापन सुम्पिइएको हो। ज्ञापनमा आशा कर्मीहरूलाई तत्काल स्वास्थ्य कर्मीको रूपमा मान्यता दिनुपर्ने, सबै बाँकी धनराशि भुक्तान गर्नुपर्ने, फोन चोरी वा बिग्रिएमा नयाँ फोन दिनुपर्ने, फोन खराब भए मरम्मत खर्च दिनुपर्ने, बजार मूल्य अऩुसार मासिक रिचार्ज राशि दिनुपर्ने, कार्यस्थलमा महिलाहरूको सुरक्षा आदि उल्लेख गरिएको छ। आशा कर्मीहरूले आफ्नो माग पूरा नभएर ठूलो आन्दोलन गर्न चेताउनी पनि दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा