
नयाँ दिल्ली, 7 नोभेम्बर (हि.स.)। दिल्ली नगरनिगमको स्थायी समितिको गत 20 अगस्तमा सम्पन्न भएको महत्वपूर्ण बैठकको मिनट्स अहिलेसम्म पार्षद अनि अधिकारीहरूमाझ सर्कुलेट गरिएको छैन। यस ढिल्याईलाई लिएर आम आदमी पार्टी (आआपा)- का नेता तथा दिल्ली नगरनिगममा नेता प्रतिपक्ष अंकुश नारंगले निगम सचिव शिव प्रसादलाई पत्र लेखेका छन् जसमा बैठकको मिनट्सलाई तत्कालै सबै सम्बन्धित पक्षहरूसम्म पुऱ्याउने अनुरोध गरिएको छ।
नारंगको भनाइ छ, यसबाट जनतासित सम्बन्धित निर्णयहरूको जानकारी समयमै उपलब्ध हुनसक्छ अनि निगमको कामकाज सुचारू रूपमा चल्नेछ।
पत्रमा बताइएको छ, गत 20 अगस्तको बैठकमा 2 अण्डरहिल रोड प्रोजेक्टमाथि चर्चा गरियो जहाँ यसलाई प्रारम्भमा स्वीकृत गरिए पनि केही विचार-विमर्शपछि अस्वीकृत गरियो। यस निर्णयको पछाड़ि अस्थायी समितिका सदस्यहरूमाझ विभिन्न दृष्टिकोण देखियो जसले गर्दा प्रोजेक्टको अग्रिम प्रक्रिया प्रभावित भयो। बैठक सम्पन्न भएको दुई महिनाभन्दा अधिक समय बितिसक्दा पनि मिनट्समा अन्तिम हस्ताक्षर नभएको कारणले सर्कुलेशनमा ढिल्याई भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा