
पश्चिम बर्दवान, 07 नोभेम्बर (हि.स.)। दुर्गापुर पश्चिम विधानसभा क्षेत्रको महानन्दापल्ली क्षेत्रमा शुक्रवार बिहान तृणमूल कंग्रेस र माकपा कार्यकर्ताहरूबीच रड़ाँको मचियो। मामिला एसआईआर फारम वितरण अभियानसित सम्बन्धित थियो। आरोप छ, निर्धारित बीएलए-2 तापस चक्रवर्तीको सट्टा सलिल बसु नामक माकपा कार्यकर्ताले बूथभरिका घर-घरमा पुगेर फारम वितरण गरिरहेका थिए।
तृणमूलको भनाइ छ, सलिल बसु स्थानीय बासिन्दा होइन। बाहिरका मानिसले यसरी बूथमा काम गर्नु नियमविरूद्ध छ। यो क्षेत्र दुर्गापुर नगरनिगमको वार्ड नम्बर-41 अन्तर्गत बूथ नम्बर- 262 मा पर्छ। घटनाको जानकारी पाउनसाथ तृणमूल कार्यकर्ताहरूले घटनास्थलमा पुगेर विरोध गर्न थाले। दुवै पक्षका बीएलएमाझ चर्को बहस भयो जसकारण फारम वितरणको कार्यलाई अस्थायी रूपमा रोकियो।
बूथका बीएलओ सुदीप रायले भने, अन्य व्यक्तिको सट्टामा एसआईआरको काम गर्न सकिँदैन, यो नियमविरूद्ध छ। बढ़्दो विरोधबीच सलिल बसु उक्त क्षेत्रदेखि जान बाध्य भए, त्यसपछि फारम वितरण कार्य पुनः शुरू गरियो।
तथापि सलिल बसुले सबै आरोपलाई खारेज गर्दै भने, उनले कुनै गल्ती गरेका छैनन्। यो एउटा “राजनीतिक विवाद” हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा