
नयाँ दिल्ली, 7 नोभेम्बर (हि.स.)। राष्ट्रगीत “वन्दे मातरम्”- ले 150 वर्ष पूरा गरेकोमा गुरु गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (आईपीयू)-का दुवै क्याम्पसमा शुक्रवार स्मरण कार्यक्रम आयोजना गरियो। कार्यक्रममा ऐतिहासिक तथा सांस्कृतिक महत्वमाथि चर्चा गरियो। विश्वविद्यालयको ईस्ट क्याम्पसको समारोहमा क्याम्पसका डाइरेक्टर प्रो. ए. सैनी मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसरी नै द्वारका क्याम्पसको कार्यक्रममा रजिस्ट्रार डा. कमल पाठक एवं विशेष कार्य अधिकारी डी. पी. द्विवेदी मुख्य अतिथिका रूपमा उपस्थित थिए।
यस अवसरमा डा. कमल पाठकले भने, स्वतन्त्रता आन्दोलन कालमा यस गीतले एकजुटता र राष्ट्रिय चेतनालाई सशक्त बनायो। उनले भने, सन् 1857-मा स्वतन्त्रतापूर्व संग्रामको बिगुल बज्यो अनि प्रबुद्ध नागरिकहरूले अंग्रेजहरूको अत्याचारविरूद्ध बोल्न शुरू गरे। वन्दे मातरमले जनमानसलाई उद्वेलित पारेर देशभक्तिको ज्योति प्रज्जवलित गऱ्यो। उनले भने, वन्दे मातरम् एउटा गीतमात्र नभएर यो भारत माताको आराधना हो, हाम्रो राष्ट्रिय चरित्रको आत्मा हो। उनले यो पनि उल्लेख गरे, इतिहास अनि सांस्कृतिक विरासतलाई स्मरण गर्न कुनै पनि समाजको अस्तित्वको लागि आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा