एसआईआर प्रक्रियालाई लिएर मुख्यमन्त्रीको सोशल मीडिया पोस्टमा यूजर्सले उठाए प्रश्न
एसआईआर प्रक्रियालाई लिएर मुख्यमन्त्रीको सोशल मीडिया पोस्टमा यूजर्सले उठाए प्रश्न


कोलकाता, 07 नोभेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)-को सम्बन्धमा सोशल मीडियामा गरिेको पोस्टमाथि शुक्रवार दिनभरि नै विवाद देख्न पाइयो। गए बिहिवार गरिएको उक्त पोस्टमाथि शुक्रवार बिहान 10:15 बजेसम्ममा क्रमश: 22 हजार प्रतिक्रिया, 2,400 टिप्पणी र 3,700 शेयर दर्ता भइसकेको थियो।

मुख्यमन्त्रीले लेखेकी थिइन्, बिहिवार बीएलओ उनको आवास कार्यालयमा आएका थिए अनि त्यहाँका मतदाताहरूको जानकारी लिएर आवश्यक फारम सुम्पिए। तर उनले आफूले भने कुनै फारम भरेनन् न त भर्नेछन्, जबसम्म राज्यको हरेक नागरिकले यो प्रक्रिया पूरा गर्दैन।

उनले यो पनि भनिन्, केही मीडिया रिपोर्ट्मा दाबी गरिएको छ कि उनले घरदेखि बाहिर गएर बीएलओबाट फारम लिएर आएकी छन्। यसलाई उनले “झुटो, भ्रामक र उदेश्यपूर्ण दुष्प्रचार” बताएकी छन्। मुख्यमन्त्रीको उक्त बयानमाथि सोशल मीडियामा विभिन्न प्रतिक्रियाहरू व्यक्त गरिएको छ।

देबयानी भट्टचार्यले लेखेकी छन्— “तर म्याडम, तपाईले फारम भर्नु हुनेछैन?” यसको जवाफमा प्रोसेनजीत भक्तले कटाक्ष गरे, “सायद उनलाई पतिको नाम लेख्नुपर्नेछ।”

देबयानीले अर्को टिप्पणीमा लेखेकी छन्, यदि पछि ड्राफ्ट मतदाता सूचीमा मुख्यमन्त्रीको नाम भेटियो भने यसलाई लिएर राजनीतिक विवाद नगरियोस्, किनभने जनता अब “व्यर्थका विवादहरूदेखि थाकिसकेका छन्।” उनले अझ भनिन्, यदि नाम सूचीमा सामेल भएको पाइयो भने विपक्षले उनीसित एन्युमरेशन फारम देखाउने माग गर्नसक्छ। त्यसैले संवैधानिक कार्यहरूमा सहयोग नै उचित हो।

मोनालिसा ब्यानर्जीले लेखेकी छन्— “कस्तो दिन आयो! अन्तमा ‘जाग बंगला’-ले पनि ममता ब्यनर्जीलिरूद्ध दुष्प्रचार गरिरहेको छ!” सम्मोय ब्यानर्जीले टिप्पणी गरेकी छन्— “तपाईको कुरामाथि भरोसा किन गर्नु? तपाईले सदैव गलत तथ्य राख्नुहुन्छ। यहाँ पनि कसले बुझ्ने?” यस अतिरिक्त अन्यले पनि टिप्पणी र कमेन्टहरू गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande