’सेवाश्रय-2’ को घोषणा, अभिषेक ब्यनर्जीले जन्मदिनमा जनतालाई दिए ‘सेवाको उपहार’
’सेवाश्रय-2’ को घोषणा, अभिषेक ब्यनर्जीले जन्मदिनमा जनतालाई दिए ‘सेवाको उपहार’


डायमण्ड हार्बर, 07 नोभेम्बर (हि. स.)। तृणमूल कंग्रेसका सर्वभारतीय महासचिव औ डायमण्ड हार्बरका सांसद अभिषेक ब्यनर्जीले आफ्नो जन्मदिनको अवसरमा जनतालाई एक विशेष उपहार दिएका छन्। शुक्रवार उनले आफ्नो संसदीय क्षेत्रमा ‘सेवाश्रय-2’ अभियानको घोषणा गरे। यस जनकल्याणकारी पहल अन्तर्गत आगामी दिसम्बरदेखि जनवरीसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिनेछ जसमा आम मानिसहरूलाई निःशुल्क उपचार अनि परामर्श सेवा दिइनेछ।

अभिषेक ब्यनर्जीले आफ्नो एक्स ह्याण्डलमा लेखे, “मानव सेवाको कर्तव्यलाई सर्वोच्च मान्दै तथा स्वास्थ्य सेवाको अधिकारलाई हरेक नागरिकसम्म पुऱ्याउने उदेश्यले मैले ‘सेवाश्रय’ -को शुरुआत गरेको थिेएँ। यस पहलको माध्यमबाट डायमण्ड हार्बर लोकसभा क्षेत्रका मानिसहरूलाई भरोसायोग्य अनि निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरियो। जनतासित गरिएको वाचालाई पूरा गर्दै ‘सेवाश्रय फेरि फर्किरहेको छ।”

अभिषेकले बताए, 01 दिसम्बर, 2025-देखि 22 जनवरी, 2026 सम्म डायमण्ड हार्बर लोकसभा क्षेत्रमा स्वास्थ्य शिविर आयोजना हुनेछ। त्यसपछि 24 जनवरीदेखि 30 जनवरी, 2026-सम्म सातै विधानसभा क्षेत्रहरूमा मेगा स्वास्थ्य शिविर आयोजना गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande