झारखण्डकी पहिलो महिला डीजीपी बनिन तदाशा मिश्रा, पदभार ग्रहण गरिन्
झारखण्डकी पहिलो महिला डीजीपी बनिन तदाशा मिश्रा, पदभार ग्रहण गरिन्


राँची, 07 नोभेम्बर (हि.स.)। झारखण्डको पहिलो महिला पुलिस निदेशक (डीजीपी)-को रूपमा भारतीय प्रशासनिक सेवा (आईपीएस)- की अधिकारी तदाशा मिश्राले शुक्रवार पदभार ग्रहण गरिन्। यसपूर्व उनी गृह, कारा एवं आपदा प्रबन्धन विभागकी विशेष सचिव थिइन्।

पुलिस मुख्यालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरूसित बातचित गर्दै उनले भनिन्, हाल उनको पहिलो प्राथमिकता झारखण्डको स्थापना दिवस हो। यस अतिरिक्त बेसिंग पुलिसिंगमाथि उनको विशेष बल रहनेछ। संगठित अपराध अनि नक्सलवादीहरूविरूद्ध कारबाही जारी रहनेछ। उनले बताइन्, पुलिसले एउटा टीमले जस्तै काम गर्नेछ, कुनै व्यक्ति विशेषमाथि सबै कुरा निर्भर गर्दैन। एकजना एक्लो व्यक्तिले केही पनि गर्न सक्दैन, तर एउटा टीमले सबै कुरा गर्नसक्छ। आम जनताको विश्वास जित्नु उनको विशेष प्राधमिकतामा छ।

तदाशा मिश्रा 1994 ब्याचकी तीक्ष्ण आईपीएस अधिकारी हुन्। तत्कालीन पुलिस महानिदेशक अनुराग गुप्ताले भीआरएस लिएपछि झारखण्डमा डीजीपीको पद रिक्त भएको थियो। गए बिहीवार राती गृह विभागद्वारा अधिसूचना जारी गरी तदाशा मिश्रालाई प्रभारी डीजीपी बनाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande