
खड़गपुर, 07 नोभेम्बर (हि. स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरमा राष्ट्रगीत ‘वन्दे मातरम्’- को 150 वर्ष पूर्ण भएको अवसरमा शुक्रवार एक भव्य समारोह आयोजन गरियो। यस अवसरमा सम्पूर्ण परिसर देशभक्ति तथा गौरवको भावनाले ओतप्रोत भयो।
नेताजी सभागारमा आयोजित यस कार्यक्रममा डीन, प्रोफेसर, कर्मचारी लगायत ठूलो संख्यामा विद्यार्थीहरूले भाग लिए। कार्यक्रमको शुभारम्भ ‘वन्दे मातरम्’- को सामूहिक गानबाट भयो जसबाट सम्पूर्ण सभागार 'भारत माता की जय'-का जयकारहरूले गुञ्जयमान भयो।
प्रोफेसरहरूले भने, ‘वन्दे मातरम्’ केवल एउटा गीत होइन जबकि भारतीय स्वतन्त्रता संग्रामको आत्मा अनि राष्ट्रिय अस्मिताको प्रतीक हो। यस गीतले भारतवासीहरूमा स्वतन्त्रताको संकल्प जगायो साथै मातृभूमिप्रति प्रेम, त्याग र समर्पणको भावनालाई प्रज्जवलित गऱ्यो।
संस्थानका अधिकारीहरूले भने, आईआईटी खड़गपुर ज्ञान र विज्ञानको केन्द्र मात्र होइन, राष्ट्रनिर्माणको चेतनाको प्रणेता पनि हो। संस्थान सदैव भारतको समृद्ध सांस्कृतिक तथा वैचारिक मूल्यहरूलाई अगाड़ि बढ़ाउनको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा