वन्दे मातरमले 150 वर्ष पूरा गरेको अवसरमा खड़गपुर मण्डलमा सामूहिक गायनको आयोजन
वन्दे मातरमले 150 वर्ष पूरा गरेको अवसरमा खड़गपुर मण्डलमा सामूहिक गायनको आयोजन


खड़गपुर, 07 नोभेम्बर (हि. स.)। राष्ट्रिय गीत ‘वन्दे मातरम‘ 150 वर्ष पूरा भएको उपलक्ष्यमा खड़गपुर मण्डलद्वारा शुक्रवार भव्य सामूहिक गायन कार्यक्रम आयोजना गरियो। यो कार्यक्रम मण्डलका विभिन्न प्रमुख स्थलहरूमा एकैसाथ सम्पन्न भयो।

यस अवसरमा ठूलो संख्यामा रेलवे अधिकारी, कर्मचारी, विद्यार्थी एवं आम नागरिकहरू उत्साहपूर्वक सामेल भए। कार्यक्रमको आयोजन खड़गपुरस्थित एसईआरएसए स्टेडियम, डीआरएम कार्यालयको कन्फ्रेन्स कक्ष, बालेश्वर रेलवे स्टेशन, हावड़ा न्यू कम्प्लेक्स तथा साउथ ईस्टर्न रेलवे मिक्स्ड हायर सेकेण्डरी इंग्लिश मीडियम स्कूल, सन्तरागाछीमा गरियो।

यस आयोजनको उदेश्य वन्दे मातरमको ऐतिहासिक महत्वलाई सम्झनु अनि जन-जनमा यसप्रति जागरूकता फैलाउनु थियो। यो गीत भरतीय स्वतन्त्रता आन्दोलन अवधि देशवासीहरूलाई एकजुट बनाउन अनि देशभक्तिको भावनालाई सशक्त बनाउनमा अत्यन्त प्रेरणादायी रहेको थियो।

एसईआरएसए स्टेडियममा आयोजित मुख्य समारोहमा डीआरएम खड़गपुर ललित मोहन पाण्डेयले भने, राष्ट्रिय गीतको सामूहिक गायनले एकता, राष्ट्रप्रति सम्मान एवं स्वतन्त्रता आन्दोलनको गौरवशाली परम्पराप्रति जागरूतालाई प्रोत्साहित गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande