डीएलआर प्रेरणाद्वारा महानदीमा विद्यार्थी नानीहरुलाई लिएर 'चिफ एक्सरसाइज डे' पालन
डीएलआर प्रेरणाद्वारा महानदीमा विद्यार्थी नानीहरुलाई लिएर 'चिफ एक्सरसाइज डे' पालन


खरसाङ, 07 नोभेम्बर (हि.स.)। दार्जिलिङको एक गैर सरकारी संस्था डीएलआर प्रेरणाद्वारा महानदीस्थित गाँधी प्राथमिक पाठशालामा 'चिफ एक्सरसाइज डे' पालन गरिएको छ। यस अन्तर्गत डीएलआर प्रेरणाद्वारा महानदी क्षेत्रका विद्यार्थी नानीहरुलाई लिएर चिफ कन्परहेन्सिफ हेल्थ एण्ड हाइजीन इम्प्रुभमेन्ट प्रोग्राम आयोजना गरिएको छ।

यस अवसरमा डीएलआर प्रेरणाबाट प्रोजेक्ट अफिसर कृति राई लगायत सुवास मोथे, दिक्षा मुखिया लगायत अन्यहरु उपस्थित रहेका थिए। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा अमेरिकाबाट डा. माइक साथै डेना उपस्थित रहेका थिए। यस कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुको स्वास्थ्य विषयलाई लिएर विभिन्न कार्यक्रमहरु आयोजना गरियो।

विशेष गरेर डीएआर प्रेरणाले विद्यार्थी नानीहरुको स्वास्थ्य र सर सफाई विषयमा शिक्षा दिने कार्य गरिरहेको छ।‌ यसै क्रममा महानदी क्षेत्रका विद्यार्थी नानीहरुलाई लिएर चिफ् एक्सरसाइज डे' पालन गरिएको हो। कार्यक्रममा महानदी क्षेत्रका विभिन्न निजी पाठशालाहरु र सरकारी प्राथामिक पाठशालाका विद्यार्थीहरू साथै अभिभावकहरू र शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande