
गेजिङ, 07 नोभेम्बर (हि.स.)। जिल्ला प्रशासनिक कार्यालय, गेजिङमा भूकम्प र ग्लोफमा प्रयोगात्मक अभ्यास सञ्चालन सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भयो। राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरणका प्रमुख सल्लाहकार मेजर जनरल सुधीर बहलले सम्मेलन सञ्चालन गर्दै पावरपोइन्ट प्रस्तुतिकरणमार्फत प्रयोगात्मक अभ्यासबारे विस्तृत जानकारी गराए।
बहलले घटना प्रतिक्रिया प्रणाली (आईआरएस), प्रयोगात्मक अभ्यासका लागि तयारी कार्यहरू आदिबारे जानकारी गराउँदै प्रकोपहरूबारे सङ्क्षिप्त विवरण तथा आवश्यक प्रतिक्रियाको व्याख्या गरे। उनले आईआरएसको महत्त्वबारे बताउँदै जिल्लापाल तथा नोडल अधिकारीहरूको भूमिकाबारे प्रष्ट पारे। प्रयोगात्मक अभ्यासमा कार्यकर्तालाई ठिकसँग व्यवस्थित गर्नुपर्ने बताउँदै अधिकारीहरूलाई सक्रिय भएर यस अभ्यासलाई टुङ्ग्याउने निर्देशन दिए।
उनले आउँदो 17 नोभेम्बरमा आयोजनाका लागि तय गरिएको अभ्यासमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताको अपेक्षासँगै राज्यभरिबाट लगभग ५० स्थलमा अभ्यास सञ्चालन हुनुपर्ने आवश्यक्तामा जोड़ दिए। अभ्यासमा सबै आधारभूत सुविधासहित राहत शिविरको पनि व्यवस्था गरिनुपर्ने उनेको भनाइ थियो।
भूमि राजस्व तथा विपद् व्यवस्थापन विभागका सचिव तथा राहत आयुक्त रिञ्जिङ छेवाङ भोटियाले बहललाई सहमति दिँदै राज्यले प्रयोगात्मक अभ्यासमा सक्रिय सहभागिता जनाउने बताए। प्रस्तुतिपछि गेजिङ जिल्लाका अतिरिक्त जिल्लपाल सुरेश राईले जिल्ला परियोजना अधिकारी गणेशकुमार राईलाई प्रयोगात्मक अभ्यासका निम्ति स्थल चिह्नित गरी निरीक्षण गर्न निर्देशन दिए।
कार्यक्रममा अतिरिक्त पुलिस अधिक्षक सोनाम वाङ्दी, सहायक वन संरक्षक प्रदीप सुब्बा, प्रमुख शिक्षा अधिकारी पेमा जी भोटिया, सूचना एवम् जनसम्पर्क विभागका अधिकारी कृष्ण सुब्बा लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल