खरसाङ महकुमा खेलकूद संघद्वारा महकुमा शासकलाई बिदाई
खरसाङ महकुमा खेलकूद संघद्वारा महकुमा शासकलाई बिदाई


खरसाङ, 07 नोभेम्बर (हि.स.)। खरसाङ महकुमा खेलकूद संघद्वारा खरसाङको महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकलाई सम्मानसहित बिदाई दिइएको छ।‌ उनी केही दिन अघि खरसाङबाट स्थानान्तरण भएर गएका थिए। उनी यहाँबाट पदोन्नति भएर उत्तर दिनाजपुरको रायगञ्जमा अतिरिक्त जिल्ला शासकको रुपमा स्थानान्तरण भएका छन्।

महकुमा शासकलाई बिदाई दिन खरसाङमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो। उक्त बिदाई कार्यक्रममा खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले खरसाङको महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक एकजना शासक मात्र नभएर मिलनसार व्यक्तित्व रहेको बताए। उनले महकुमा शासकलाई बिदाई दिॅंदा मन खिन्न बने तापनि पदोन्नति भएर गएकोमा बधाई दिए।

कार्यक्रममा खरसाङ महकुमा खेलकूद संघका संरक्षक एवं वरिष्ठ समाजसेवी टीटी लामा र अधिवक्ता रमेश अग्रवालले पनि महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकको प्रशंसा गरे। कार्यक्रममा खरसाङ महकुमा खेलकूद संघको तर्फबाट महकुमा शासकलाई काठद्वारा निर्माण गरिएको गोर्खा जातिको गौरव चिन्ह खुकुरी प्रदान गरेर सम्मान जनायो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande