
जीन्द, 07 नोभेम्बर (हि.स.)। आईटीआई अध्यापकको जमीन विवादको कारण योजना अन्तर्गत लौरो र डन्डाले कुटेरै हत्या गरियो। घटनाको सूचना पाएपछि उचाना थाना पुलिस घटनास्थलमा पुग्यो र स्थितिको जायजा लियो। उचाना थाना पुलिसले मृतकको छोराको शिकायतमा दुई युवकलाई नामजद गरी अन्य तीन चार जना विरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
गाउँ खरकभूरा निवासी अभिषेकले शुक्रवार उचाना थाना पुलिसलाई दिएको शिकायतमा बताए, उनका पिता ओमप्रकाश शामली (उत्तर प्रदेश) स्थित आईटीआईमा अध्यापक थिए। ओमप्रकाश दुई दिन अगाड़ी छुट्टीमा गाउँ आएका थिए। बिहिवार अबेर साझँ उनका पिता आफ्नो मोटरसाइकलमा तरखा रोडमा खेतमा काम गर्न गएका थिए।
राति थाहा लाग्यो कि तरखादेखि खरकभूरा रोडमा रेस्टोरेन्ट निकट सड़कमा उनका पिता ओमप्रकाश मृत अवस्थामा लड़ेका छन्। जसपछि उनी घटनास्थलमा पुग्दा उनको पिताको टाउको, नाक, आँखा र अनुहारमा चोट लागेको थियो र छेवैमा मोटरसाइकल र हेलमेट पनि थियो। वरपर सोद्धा थाहा लाग्यो कि उनको पिताको साथ गाउँ खरकभूरा निवासी अजय र वजीर तथा अन्य तीन-चार जनाले कुटपिट गरे औं फेरि योजना अन्तर्गत लौरो-डन्डाले कुटेरै हत्या गरी सड़कमा फ्याँकेर गए।
अभिषेकले बताए, उनको परिवारको अजय र वजीरसित जमीनी विवाद चिलरहेको छ। यही विवादको कारण उनका पिताको हत्या गरिएको हो। घटनाको सूचना पाएपछि उचाना थाना पुलिस घटनास्थलमा पुग्यो र स्थितिको जायजा लियो। पुलिसले अभिषेकको शिकायतमा अजय, सुनील र तीन-चार जना विरूद्ध हत्याको मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी