तीनधारे महानदी समष्टिका दुई शिक्षक 'द्राेणाचार्य अवार्ड 2025' ले सम्मानित
तीनधारे महानदी समष्टिका दुई शिक्षक 'द्राेणाचार्य अवार्ड 2025' ले सम्मानित


खरसाङ, 07 नोभेम्बर (हि.स.)। तीनधारे महानदी समष्टिका दुईजना प्रधान अध्यापक र प्रधान अध्यापिका 'द्राेणाचार्य अवार्ड 2025' ले सम्मानित भएका छन्। महानदी उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक महेन्द्र छेत्री 'द्राेणाचार्य अवार्ड 2025' ले सम्मानित भएका छन्।

प्राप्त जानकारी अनुसार, शिक्षाको क्षेत्रमा उत्कृष्ट योगदानको लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो। यसका साथै, आईएनए मेमोरियल हाई स्कूलकी प्रधान अध्यापिका रुथरानी राईलाई पनि 'द्राेणाचार्य अवार्ड 2025' ले सम्मानित गरिएको छ। दुवै शिक्षकलाई टेक्नो इण्डियाद्वारा काेलकातामा आयोजित एक कार्यक्रममा उक्त मन्त्री उज्वल विश्वासकाे बाहुलीद्वारा प्रदान गरियो।

यसैगरी, दार्जिलिङ क्षेत्रका अन्य पाँचजना प्रधान अध्यापक प्रधान अध्यापिकाहरुलाई पनि टेक्नो इण्डियाद्वारा काेलकातामा आयोजित कार्यक्रममा उक्त अवार्डद्वारा सम्मानित गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande