राष्ट्रिय गीत ‘वन्दे मातरम्’ का 150 वर्षको अवसरमा आकाशवाणी खरसाङमा विशेष कार्यक्रम
राष्ट्रिय गीत ‘वन्दे मातरम्’ का 150 वर्षको अवसरमा आकाशवाणी खरसाङमा विशेष कार्यक्रम


खरसाङ, 07 नोभेम्बर (हि.स.)। राष्ट्रिय गीत ‘वन्दे मातरम्’ का 150 वर्षको अवसरमा आकाशवाणी खरसाङमा आज विशेष कार्यक्रम आयोजना गरियो। देशप्रेम र मातृभूमिप्रतिको श्रद्धा व्यक्त गर्न आकाशवाणी खरसाङका‌ सबै पदाधिकारीहरु र कर्मचारीहरु उपस्थित भएर राष्ट्रिय गीत ‘वन्दे मातरम्’ सामुहिक रुपमा गाएका थिए।

कार्यक्रममा सहभागीहरूले देश, धर्म र मातृभूमिप्रतिको एकता, सेवा र समर्पणको शपथ लिएका थिए। यसका साथै, राष्ट्रिय गीत ‘वन्दे मातरम्’ का 150 वर्षको अवसरमा आयोजित कार्यक्रम अन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीको लाइभ कार्यक्रममा पनि अनलाइन सहभागिता जनाए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande