
शोपियाँ, 9 नोभेम्बर (हि.स.)। सुरक्षा बल एवं पुलिसले दक्षिणकश्मीरकोशोपियाँजिल्लामा गए शनिवारदेखि शुरू गरेको आतङ्कवादी तन्त्रमाथ िआफ्नो कारबाहीलाई लगातार दोस्रो दिन पनि जारी राखेको छ।
आतङ्कवादी गतिविधिहरूसित कथित रूपमा जोड़िएका व्यक्तिहरूको केही आवासीय परिसरहरूको खानतसाली लिइयो जसमा ओभरग्राउण्ड वर्कर, पाकिस्तानबाट सञ्चालित जम्मू एवं कश्मीरका नागरिक औ गैरकानूनी गतिविधिहरू (रोकथाम) अधिनियम यूएपीए अन्तर्गत पक्राउ गरिेका मानिसहरू सामेल छन् जो वर्तमानमा जमानतमा बाहिर छन्।
एकजना वरिष्ठ पुलिस अधिकारीले भने, यो अभियान आतङ्कवादलाई कुनै पनि प्रकारले समर्थन प्रदान गर्ने नेटवर्कलाई चिन्हित गर्नु अनि त्यसलाई नष्ट गर्ने निरन्तर प्रयासको एक भाग हो। उनले अझ भने, गत 8 अक्टोबरमा कतिपय स्थानहरूमा खानतलासी गरिएको थियो भने त्यसैलाई निरन्तरता दिँदै आज पनि सो कारबाही जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा