बिहार विधानसभाः दोस्रो चरणको 20 वटा जिल्लाका 122 सीटहरूमा आज साँझ चुनाउ प्रचार रोकिनेछ
बिहार विधानसभाः दोस्रो चरणको 20 वटा जिल्लाका 122 सीटहरूमा आज साँझ चुनाउ प्रचार रोकिनेछ


-,1302 जना उम्मेद्वार चुनाउको मैदानमा छन् जसमा 1165 जना पुरष, 136 जना महिला अनि 01 जना थर्ड जेण्डर सामेल छन्

पटना, 09 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको दोस्रो चरणको चुनावी प्रचार शो आज साँझ 5 बजेदेखि रोकिनेछ। दोस्रो चरणमा 20 वटा जिल्लाका 122 वटा विधानसभा सीटमा मतदान आगामी 11 नोभेम्बरमा हुनेछ। दोस्रो चरणमा 1,302 जना उम्मेद्वारहरू चुनावी मैदानमा उत्रेका छन् जसमध्ये 1,165 जना पुरुष, 136 जना महिला अनि 01 जना थर्ड जेण्डर उम्मेद्वार सामेल छन्।

दोस्रो चरणमा 3.7 करोड़ लगभग मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् जसमा 1.95 करोड़ पुरुष र 1.74 करोड़ महिलाहरू सामेल छन्। चुनाउ आयोगको आँकड़ा अनुसार गत 6 नोभेम्बरमा सम्पन्न भएको पहिलो चरणमा लगभग 64.66 प्रतिशत मतदान भयो जसमा समस्तीपुरमा सबैभन्दा अधिक रेकर्ड 71.74 प्रतिशत मतदान भयो। राजधानी पटनामा सबैभन्दा कम 59.02 प्रतिशत मतदान भयो।

दोस्रो चरणमा पश्चिम एवं पूर्वी चम्पारण, शिवहर, सीतामढ़ी, मधुबनी, सुपौल, अररिया, किशनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर, बाँका, कैमूर, रोहतास, अरवल, जहानाबाद, औरंगाबाद, गया, नवादा एवं जमुई जिल्लामा मतदान हुनेछ। यीमध्ये सबैभन्दा कम क्षेत्रफल भएको भागलपुर विधानसभा क्षेत्र (23.887 वर्ग किमी) छ भने सबैभन्दा ठूलो क्षेत्रफल बड़ा चैनपुर (1814.15 वर्ग किमी) विधानसभा रहेको छ। यसरी नै सबैभन्दा कम 247574 मतदाता मखदुमपुरमा छन् भने सबैभन्दा अधिक 367667 मतदाता हिसुआ विधानसभा क्षेत्रमा छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande