
पश्चिम मेदिनीपुर, 09 नोभेम्बर (हि. स.)। मादपुर निकट अभिरामपुर गाउँमा ‘श्रद्धार्घ्य परिवार’-को पक्षबाट समाजसेवी गौरहरी दत्तलाई सम्मानित गरियो। यस अवसरमा गए शनिवार साँझ उनको दीर्घ जीवन र समाज सेवालाई ध्यानमा राख्दै ‘माधवरूपे पूजा’- को आयोजन गरियो।
समारोहमा गौरहरी दत्त महाशयलाई उनको कार्यमय जीवनका विशेषताहरूलाई स्मरण गर्दै मानपत्र, पद्यअर्घ्य, नैवेद्य औ वस्त्र भेंट गरियो। श्रद्धार्घ्य परिवारको तर्फबाट गौतम सेनले पूजा-अर्चना अनि श्रद्धा अर्पण गरे।
यस अवसरमा समाजसेवी औ आरएसएसका विभाग प्रचारक रजत रायले गौरहरी दत्त महाशयलाई श्रीमद्भगवद्गीता भेंट गरे।
उल्लेखनीय छ, गौरहरी दत्तले 1975 सालको आपातकालमा 21 महिना कठिन कारावासको सजाय झेलिसकेका छन् भने त्यसताक अमानवीय अत्याचारको सामना पनि गरेका थिए। उनले असाधारण वक्ताको रूपमा लगभग 65 वटा स्थानहरूमा रामायण अनि महाभारतमाथि प्रवचन दिसकेका छन् जसले सामाजिक जीवनमा गहिरो प्रभाव पाऱ्यो।
राष्ट्रिय स्वयंसेवक संघको मेदनीपुर विभागका सह सम्पर्क प्रमुख औ श्रद्धार्घ्य परिवारका सचिव अशोक कुमार पड़ियाले बताए, यो उनीहरूको 25औं श्रद्धा कार्यक्रम हो। आगामी वर्ष 2026-सम्ममा सयजना राष्ट्रसेवी व्यक्तिहरूलाई सम्मान गर्ने लक्ष्य राखिएको छ। परिवारको पक्षबाट ओर डा. मृणाल मण्डल (अध्यापक, आईआईटी खड़गपुर)-ले भने, “‘योगस्थः कुरु कर्माणि संगं त्यक्त्वा धनंजय’ —कर्मयोगमा आसक्ति रहित भएर कर्तव्य पालन गर्नुको यही सन्देश हो।”
गौरहरी दत्तको परिवारका सदस्य नित्यानन्द दत्त र उनकी पुत्री पांचाली दत्तले उनको जीवनका महत्वपूर्ण पक्षहरू साझागरे। साथै तपन दत्त, रतन दत्त, स्वपन दत्त र किंकर दत्तले पनि आफ्नो विचार व्यक्त गरे। समारोहमा उनका नाती शौर्य र नातिनी राधारानीले गीताका श्लोकहरूको पाठ एवं संगीत प्रस्तुत गरे।
श्रद्धार्घ्य परिवारले लगभग 100 गण्यमान्य व्यक्तिहरूलाई श्रीमद्भगवद्गीता भेंट गऱ्यो। समारोहको समापन सह-सभापति विश्वम्भर घोषद्वारा धन्यवाद ज्ञापन र कल्याण मन्त्रको साथमा गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा