
इम्फाल, 09 नोभेम्बर (हि.स.)। मणिपुरमा नशा विरोधी अभियान अन्तर्गत सुरक्षा बलहरूले कांगपोकपी जिल्लाको सोंगलुंग, ल्हांगजोल औ वाफोंग गाउँमा फैलिएको लगभग 35 एकड़ अवैध अफिम खेतीलाई नष्ट गरिदियो। यो कारबाही यसै महिना संचालित दुई भिन्न अभियानको क्रममा गरिएको हो।
पुलिसले आइतवार बतायो, गए शनिवार संचालित ताजाअभियान अन्तर्गतकांगचुप थाना क्षेत्रमा लगभग 5 एकड़ क्षेत्रफलमा फैलिएको अवैध खेतीलाई नष्ट गरियो। अभियान अवधि पुलिसले घटनास्थलबाट आठ वटा खाली कारतूस, तीन बोरा खाद र केही अफिमका बिजन जफत गऱ्यो साथै तीन वटा झोपड़ीहरूलाई पनि जलाइदियो।
यसपूर्व संचालित एक व्यापक अभियानमा सुरक्षा बलहरूले 30 एकड़ क्षेत्रमा फैलिएको अवैध खेतीलाई नष्ट गरिदिएको थियो। त्यसबेला तीन वटा झोपड़ीहरूलाई ध्वस्त गरियो, तीन बोरा खाद र दुई बोरा नून सहित दुई वटा जलेको वाहनलाई पनि जफत गरियो।
अधिकारीहरूले बताए, यो अभियान ‘नशा मुक्त भारत अभियान’ अन्तर्गत संचालन गरिएको हो जसको उदेश्य देशभरि नै नशा अनि अवैध खेतीलाई समप्त गर्नु हो। उनीहरूले सुरक्षा बलहरूको लगातार प्रयासको सराहना गर्दै भने, यो अभियानले युवाहरूलाई नशाको दुष्प्रभावदेखि बचाउन अनि समाजलाई स्वस्थ दिशा दिनमा महत्वपूर्ण भूमिका निभाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा