श्रीमन्त शंकरदेव कलाक्षेत्रको स्थापना दिवस समारोह
श्रीमन्त शंकरदेव कलाक्षेत्रको स्थापना दिवस समारोह


गुवाहाटी, 09 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार असमको कला एवं संस्कृतिको समृद्ध धरोहरको प्रतीक ‘श्रीमन्त शंकरदेव कलाक्षेत्र’- को स्थापना दिवसमा असमवासीहरूलाई हार्दिक शुभकामना दिए।

मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट दिएको आफ्नो सन्देशमा भारत रत्न डा. भूपेन हजारिकाको त्यस भावपूर्ण कथन-“श्रीमन्त शंकरदेव कलाक्षेत्र नै मेरो अन्तिम ठेगाना हुनेछ”-लाईस्मरणगर्दै भने, यो संस्थान असमको सामूहिक सांस्कृतिक चेतनाको जीवन्त प्रतीक हो।

डा. सरमाले भने, 1998 सालमा आजकै दिन जनताको लागि समर्पित यो राष्ट्रिय सांस्कृतिक धरोहरले असमको कला, संस्कृति एवं परम्पराहरूको सम्वर्द्धनको लागि निरन्तर कार्य गरिरहेको छ। उनले यसको निर्माणसित सम्बन्धित सबै व्यक्तिहरूलाई स्मरण गर्दै वर्तमान अधिकारी, कर्मचारी तथा कलाकारहरूलाई शुभकामना दिए।

मुख्यमन्त्रीले भने, राज्य सरकार यस राष्ट्रिय धरोहरलाई अझ बढ़ी विस्तार दिन तथा नयाँ उचाईँमा पुऱ्याउनको लागि प्रतिबद्ध छ ताकि यो भावी पिँढ़ीको लागि पनि प्रेरणाको श्रोत बनिरहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande