भारत रत्न केआर नारायणलाई मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली
भारत रत्न केआर नारायणलाई मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली


गुवाहाटी, 09 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भारतका पूर्व राष्ट्रपति औ भारत रत्नद्वारा सम्मानित केआर नारायणको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे। उनले सोशल मीडियामा साझा गरिएको एक सन्देशमा भने, नारायणको जीवन विनम्र शुरूआतदेखि लिएर देशको सर्वोच्च पदमा आसिन हुँदासम्मको प्रेरणादायक यात्रा रहेको छ।

मुख्यमन्त्रीले भने, केआर नारायणको जीवन बौद्धिकता, इमानदारी एवं लोकतान्त्रिक मूल्यहरूमा अटुट विश्वासको प्रतीक थियो। राष्ट्रपतिको रूपमा उनको कार्यकाल ज्ञान, गरिमा एवं संविधानप्रति गहन सम्मानद्वारा परिपूर्ण रह्यो।

डा. सरमाले उनलाई भारतीय राजनीतिको सबैभन्दा सम्मानित व्यक्तिहरूमध्ये एक बताउँदै भने, उनको योगदानले आज पनि संविधान र सामाजिक न्यायप्रति भावी पिंढ़ीहरूलाई प्रेरित गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande