
गान्धीनगर, 09 नोभेम्बर (हि.स.)। गुजरात एटीएसले राज्यको पाटनगर गान्धीनगरको अडालजबाट आतङ्की गतिविधिहरूमा सामेल तीन आरोपीलाई पक्राउ गरेको छ। तीनै आरोपी आतङ्की संगठन आईएसआईएससॅंग जोड़िएको कुरा अघि आएको छ।
एटीएस टीमलाई आतङ्की गतिविधिहरूमा सामेल केही संदिग्धहरूको सक्रियताको गोप्य सूचना प्राप्त भएको थियो, तबदेखि यिनीहरूको गतिविधिहरूमाथि नजर राखिँदै थियो। एटीएस टीमले यस मामिलामा तीन जनालाई पक्राउ गरेको छ।
आरोपीहरूको देशमा धेरै ठाउँ हमला गर्ने योजना थियो। हतियारहरूको आदान-प्रदानको मनसायले यिनीहरू गुजरात पुगेको र देशमा धेरै ठाउँ हमलाको योजना रहेको पत्तो लागेको छ। यी संदिग्ध आतङ्कीहरूले कुन स्थानहरूमा हमलाको योजना बनाइरहेका थिए, यसको गहन जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी