


एटीएसले गर्यो आक्रमणको खुलासा, आतङ्कीहरूबाट तीन पेस्तोल, ३० वटा जीवित कारतूस र विषाक्त रसायनहरू जफत
गान्धीनगर, 9 नोभेम्बर (हि.स.)। गुजरातमा एउटा ठूलो आतङ्कवादी आक्रमणको खुलासा भएको छ। गान्धीनगरको अडालज टोल प्लाजा नजिकै तीन आतङ्कीहरूसँग सोधपुछ गरेपछि गुजरात एटीएसले यो खुलासा गरेको हो। आधुनिक पेस्तोल र विषाक्त रसायनहरू पनि बरामद गरिएको छ। हाल आतङ्कीहरूसँग सोधपुछ जारी छ।
गुजरात एटीएसले डा. अहमद मोहिउद्दीन सैयद पुत्र अब्दुल खादर जिलानी, मोहम्मद सुहेल पुत्र मोहम्मद सुलेमान र आजाद पुत्र सुलेमान सैफी नामक आतङ्कीहरूलाई पक्राउ गरेको छ। उनीहरूबाट दुईवटा ग्लक पेस्तोल, एउटा बेरेटा पेस्तोल, ३० वटा जिउॅंदो कारतूस र ४ लिटर क्यास्टर तेल बरामद गरिएको छ।
पक्रा परेका डा. डॉ. अहमद मोहीउद्दीन अब्दुल कादर जिलानी हैदराबादका बासिन्दा हुन्। मोहम्मद सुहेल मोहम्मद सुलेमान र आजाद सुलेमान सैफी दुवै उत्तर प्रदेशका बासिन्दा हुन्। तीनै जना लगभग २५ वर्षका भएको बताइएको छ।
गुजरात एटीएसले हतियार आपूर्ति गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको बताएको छ। उनीहरूले देशका विभिन्न भागहरूमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेका थिए। यी तीन जना आईएसआईएससँग सम्बन्धित आतङ्कीहरूले गुजरातमा साइनाइडभन्दा खतरनाक विष उत्पादन गर्ने प्रयास गरिरहेका थिए। राज्यमा कुनै पनि ठूलो आक्रमण गर्नुअघि नै गुजरात एटीएसले उनीहरूलाई पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी