दहिकाटा आरक्षित वन क्षेत्रबाट मुक्त भयो एक हजार बिघा भूमि, हटाइयो अतिक्रमणकारीहरूलाई
दहिकाटा आरक्षित वन क्षेत्रबाट मुक्त भयो एक हजार बिघा भूमि, हटाइयो अतिक्रमणकारीहरूलाई


ग्वालपाड़ा (असम), 09 नोभेम्बर (हि.स.)। असमको ग्वालपाड़ा जिल्लामा आइतवार व्यापक रूपमा संचालित अतिक्र्मण हटाऔं अभियान अन्तर्गत दहिकाटा आरक्षित वन क्षेत्रबाट लगभग 1000 बिगा भूमिलाई मुक्त गराइयो। यो कारबाही राज्य सरकारद्वारा आरक्षित वनहरूबाट अवैध कब्जालाई हटाउने अभियानको एक भाग हो।

बिहान लगभग पाँच बजेदेखि शुरू भएको यस अभियानमा प्रशासनिक पुलिस अधिकारीहरूको टीम बुलडोज लिएर आरक्षित वन क्षेत्रमा आइपुग्यो अनि अवैध निर्माणहरूलाई भत्काउन शुरू गऱ्यो। अधिकारीहरू अनुसार केही मानिसहरूले कारबाहीको विरोध गर्ने चेष्टा गरेको भए पनि पुलिस र प्रशासनले स्थितिलाई तुरून्तै नियन्त्रण गऱ्यो।

कारबाही अवधि अखिल भारतीय यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ)- का स्थानीय नेता अब्दुल हईलाई पनि घटनास्थलबाट हिरासतमा लिइयो।

जिल्ला प्रशासनले बतायो, मुख्यमन्त्रीद्वारा हालैमा दिइएको चेताउनीपछि केही अतिक्रमणकारीहरूले स्वेच्छाले भूमि खाली गरेका थिए भने बचेका भागलाई पूर्ण रूपले मुक्त गराउनको लागि यो अभियान संचालन गरिएको हो।

दहिकाटा आरक्षित वन पछिल्लो केही वर्षदेखिको लगातार अतिक्रमणको समस्यासित जुझिरहेको छ जसकारण संरक्षित क्षेत्रको ठूलो भाग अवैध बस्तीहरूमा परिणत भएको थियो। राज्य सरकारको कारबाही ती दिगो प्रयासहरूको अंग हो जसको उदेश्य वन्य भूमिहरूलाई पुनः संरक्षित गर्नु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande