
जम्मू, 09 नोभेम्बर (हि.स.)। जम्मू-कश्मीर पुलिसले आइतवार जम्मू-कश्मीरको कामबन जिल्लामा पाकिस्तानबाट सक्रिय जम्मू-कश्मीरका मूल निवासीहरू (जेकेएनओपी) का आफन्तहरू र सक्रिय आतङ्कवादीहरू (ओजीडब्ल्यू) को संदिग्ध गतिविधिहरूको पत्तो लगाउन एक व्यापक घेराबन्दी र तलाशी अभियान (सीएएसओ) शुरू गऱ्यो।
पुलिसका एक अधिकारीले बताए, जिल्लामा सुरक्षा व्यवस्थालाई मजबूत बनाउन र शान्ति बनाई राख्ने आफ्नो प्रयासहरूलाई जारी राख्दै पुलिसले रामबनका वरिष्ठ पुलिस अधीक्षक अरुण गुप्ताको कड़ा निगरानीमा बनिहाल र गूलमा धेरै ठाउँ समन्वित तरीकाले घेराबन्दी र तलाशी अभियान चलायो। यी अभियानहरूको उद्देश्य पाकिस्तानबाट सक्रिय जम्मू-कश्मीरका मूल निवासीहरू (जेकेएनओपी) का आफन्तहरूको संदिग्ध गतिविधिहरूको पत्तो लगाउनु, संदिग्ध व्यक्तिहरूको इतिहासको पुष्टि गर्नु र संवेदनशील क्षेत्रहरूमा सुरक्षा कड़ा गर्नुथियो। अभियानमा पाकिस्तानबाट सक्रिय जम्मू-कश्मीर स्थित आतङ्कवादीहरू र उनीहरूका ओवर ग्राउण्ड वर्कर्सका आफन्तहरू र ज्ञात सहयोगीहरूको घरहरूको तलाशी लिइयो।
कुनै राष्ट्र-विरोधी वा गैरकानूनी गतिविधिहरू त चलाइऱहेको थिएन वा त्यसको समर्थन त गरिँदै थिएन यो सुनिश्चित गर्न पुलिस टीमहरूले धेरै परिसरहरूको गहन निरीक्षण गरे। रामबन पुलिस, सेना, सीआरपीएफ र एसओजी एकाईहरूको संयुक्त टीमहरूले ड्यूटी मजिस्ट्रेटहरूको साथ मिलेर जिल्लाभरिका विभिन्न संवेदनशील क्षेत्रहरूमा अभियान चलाए।
पदाधिकारीले भने, अभियान आम जनतालाई कुनै असुविधा नपुऱ्याइ एक संगठित तरीकाले चलाइय़ो। साथै यो दोहोऱ्याइयो कि यस प्रकारको अभियान क्षेत्रमा शान्ति र स्थिरता बनाई राख्नको निम्ति जारी निवारक र गोप्य-आधारित उपायहरूको एक हिस्सा हो। पुलिसले आम जनतासित पनि कानून प्रवर्तन एजेन्सीहरूको साथ सहयोग गर्ने र आफ्नो क्षेत्रहरूमा संदिग्ध गतिविधिहरू र व्यक्तिहरूबारे कुनैपनि महत्वपूर्ण जानकारी साझा गर्ने अपील गरेको छ। साथै सूचना दिनेहरूको पहिचान गोप्य राखिने आश्वासन पनि दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी