
बेङ्गलुरू, 09 नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवतले सम्पूर्ण हिन्दू समाजलाई संगठित गरी कल्याणकारी बलियो समाज निर्माण गर्नु संगठनको एकदमै स्पष्ट ध्येय रहेको बताएका छन्। यस संगठित हिन्दू समाजले धार्मिक ज्ञानको माध्यमले विश्वलाई शान्ति र खुशी प्रदान गरोस्, यही हाम्रो एकमात्र विजन हो। यो लक्ष्य प्राप्त गरिसकेपछि संघलाई अन्य कुनै लक्ष्यको आवश्यकता छैन। संगठित समाजले बाकी काम गर्नेछ।
बेङ्गलुरूमा आयोजित संघ शताब्दी व्याख्यानमालाको दोस्रो दिन आइतवार प्रश्नहरूको उत्तर दिँदै सरसंघचालक डा. मोहन भागवतले भऩे, संगठनको अस्तित्व र कानूनी वैधतामाथि प्रश्न तेर्साउने आवश्यकता छैन। अदालत, सरकार र कर विभाग सबैले संगठनलाई मान्यता दिएको छ।
भागवतले भने, संघको स्थापना साल 1925 मा भएको थियो। त्यस समय हामी अंग्रेजहरू विरूद्ध लड़िरहेका थियौं भने उसको सरकारमा गएर पंजीकरण गराउनु कसरी सम्भव छ ? आजादीपछिको भारतमा पनि पंजीकरण अऩिवार्य छैन। कानून अनुसार, यो संस्था 'व्यक्तिहरूको समूह' को श्रेणीमा पर्दछ। जब आयकर विभागले कर लगायो तब अदालतले 'गुरु दक्षिणा' लाई कर-मुक्त घोषित गऱ्यो। यद्यपि, सरकारले संस्थामाथि तीन पल्ट प्रतिबन्ध लगायो तर अदालतले हरेक पल्ट त्यसलाई रद्द गऱ्यो। यसैले संस्थालाई कानूनी मान्यता प्राप्त छ।
आगामी बीस वर्षको विजनबारे बोल्दै भागवतले भने, हाम्रो मिशन स्पष्ट छ, सम्पूर्ण हिन्दू समाजलाई संगठित गर्नु, राम्रो मनसाय बोकेको एक मजबूत समाज बनाउनु। यो संगठित हिन्दू समाज धार्मिक ज्ञानको माध्यमले विश्वलाई शान्ति र खुशी दिओस्। यही हाम्रो एकमात्र विजन हो। यसलाई प्राप्त गरेपछि संघलाई अन्य कुनै लक्ष्यको आवश्यकता छैन। संगठित समाजले बाकी काम गर्नेछ।
अल्पसंख्यकहरूसित सम्बन्धित एक प्रश्नको जवाफमा उनले भने, संघ जाति, धर्म वा सम्प्रदायको आधारमा कसैको लागि आफ्नो दैलो बन्द गर्दैन। हरेक व्यक्ति 'भारत माताको पुत्र' हो भऩ्ने भावनाको साथ शाखामा भाग लिनसक्छ। संघले कसैलाई विशेष लाभ दिँदैन, न त कसैको निम्ति अन्य कुनै स्कूल वा संस्थान शुरू गर्दछ। संघको काम 'शाखा' र 'मानव विकास' हो। विद्या भारती जस्ता स्वतन्त्र संस्थाहरूले अन्य कार्य गरिरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी