
हुगली, 9 नोभेम्बर (हि.स.)। हुगली जिल्लाको तारकेश्वरमा एकजना चार वर्षीय बालिकालाई अपहरण गरी यौन उत्पीड़न गरेको अमानुषिक घटना प्रकाशमा आएको छ। यस घटनालाई लिएर क्षेत्रमा तनाउ फैलिएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
गए शनिवार रगतपच्छे बालिकालाई तारकेश्वर स्टेशन छेउ एउटा नालीबाट उद्धार गरिएको थियो। पीड़ित परिवारको दाबी छ, बिहानदेखिकै नानी हराएकी थिई। पीड़ितालाई तारकेश्वर ग्रामीण अस्पतालमा लगियो। तथापि प्राथमिक उपचार पश्चात बालिकालाई छुट्टी दिइयो। परिवारको आरोप छ, छोरीसित यौन उत्पीड़न भएको छ।
पुलिसले बतायो, पीड़िताको परिवारको मौखिक सिकायतको आधारमा जाँच शुरू गरिएको छ। बालिकाको मेडिकल जाँचको निम्ति व्यवस्था गरिएको छ। तारकेश्वर थानाले आश्वासन दिएको छ, घटनाको गहन जाँच पश्चात आवश्यक कदम उठाइनेछ। उक्त घटना पश्चात क्षेत्रका भाजपा कार्यकर्ताहरूले विरोध प्रदर्शन शुरू गरेका छन्।
तारकेश्वरका विधायक रामेन्दु सिंह रायले भने, यो अत्यन्त दुःखदायी घटना हो। घटना भएको क्षेत्र रेलवे पुलिसको अधिकारी क्षेत्रमा पर्दछ। मलाई लाग्छ, रेलवे पुलिसको सुरक्षामा अभाव छ। हामी पीड़ित बालिका र परिवारको साथमा छौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा