
गुवाहाटी, 11 नोभैम्बर (हि.स.)। असम सरकारले बिहीवार श्रीमन्त शंकरदेव कलाक्षेत्रमा आयोजित कार्यक्रममा बीटीसी क्षेत्र बाहिर बस्ने पूर्व बोड़ो लिबरेशन टाइगर्स (बीएलटी)- का क्याडरहरूलाई आर्थिक सहायता प्रदान गऱ्यो। आवास एवं शहरी मामिलाका मन्त्री जयन्त मल्लबरुवा औ बीटीसी सीईएम हग्रामा महिलारीले 442 जना लाभार्थीहरूलाई यो सहाता सुम्पिए।
मन्त्री मल्लबरुवाले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको पक्षबाट पूर्व क्याडरहरूलाई स्वागत गर्दै भने, उनीहरूले मुख्यधारामा फर्किएर शान्ति र विकासको मार्ग चुनेका छन्। उनले बताए, वर्ष 2020-देखि ता विभिन्न शान्ति सम्झौता- जस्तै एनडीएफबी, कार्बी, आदिवासी, डीएनएलए औ उल्फा-का नौ हजारभन्दा अधिक क्याडरहरू मुख्यधारामा फर्किएका छन्।
उनले भने, प्रदेशमा शान्ति स्थापित हुनाले विकास र निवेशको मार्ग खोलिएको छ। पूर्व बीएलटी क्याडरहरूलाई स्वावलम्भी जीवनको शुरूआत गर्नको लागि 2 लाख रुपियाँ सहायता दिइएको छ। कार्यक्रममा डीजीपी हरमीत सिंह, एडीजीपी हिरेन नाथ, एसीएस अजय तिवारी सहित अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा