
अहमदाबाद, 11 दिसम्बर (हि.स.)। आदित्य धरको निर्देशनमा बनेको हिन्दी फिल्म ‘धुरन्धर’ को जूनागढ़मा तीव्र विरोध शुरू भएको छ। फिल्ममा अभिनेता संजय दत्तले बोलेको एक संवादलाई लिएर बलोच मकरानी समाजमा भारी रोष फैलिरहेको छ। समाजको भनाई छ, यो संवाद उनीहरूको जातिलाई लक्षित गरेर बोलिएको हो, जसबाट उनीहरूको भावनालाई गम्भीर ठेस लागेको छ।
जुनागढ़ बलोच मकरानी समाजका प्रमुख एवं अधिवक्ता एजाज मकरानीले फिल्मका कलाकार, संवाद लेखक र निर्देशक विरुद्ध कानूनी कारबाहीको माग गर्दै तालुका थानामा उजुरी दर्ता गरेका छन्। उनले फिल्मले नाफा कमाउने उद्देश्यले एक समुदायको छवि बिगार्ने प्रयास गरेको दाबी गरेका छन्। अधिवक्ता एजाज मकरानीले चेतावनी दिएका छन् कि यदि पुलिसले 10 दिनभित्र उचित कारबाही गरेन भने समाजले गुजरात उच्च अदालतमा याचिका दर्ता गर्नेछ। समाजको भनाई छ, यदि यस्ता संवादहरू रोकिएन भने भविष्यमा अन्य समुदायको भावनामा चोट पुग्नसक्छ, जसले गर्दा सामाजिक तनाव बढ्न सक्छ।
बलोच मकरानी समाज मूल रूपमा बलुचिस्तानको मकरानी क्षेत्रबाट आएको हो। जुनागढ़ जिल्लामै 25 हजारभन्दा बढ़ी बलोचहरू बसोबास गर्छन्। गुजरातभरिमा उनीहरूको संख्या 8 लाखभन्दा बढ़ी बताइँछ। यो समुदाय कच्छ, भावनगर, राजकोट, सुरत, अहमदाबाद, जामनगर सहित धेरै शहरहरूमा बसोबास गर्छ।
हिन्दुस्थान समाचार / भवानी थामी