
नयाँ दिल्ली, 11 दिसम्बर (हि.स.)। परिचालन सम्बन्धी व्यवधानहरूसित जुझिरहेको देशको प्रमुख एयरलाइन इन्डिगोले बिहिवार उड़ानहरू रद्द हुँदा यात्रीहरूलाई राहत दिने घोषणा गरेको छ। कम्पनीले डीजीसीएको मानदण्डहरू अन्तर्गत दिइने धनराशि बाहेक प्रभावित यात्रीहरूलाई 10 हजार रूपियाँको यात्रा ‘वाउचर’ दिनेछ।
कम्पनी अनुसार, यो वाउचर 3 देखि 5 दिसम्बरमा उड़ानहरू रद्द हुँदा प्रभावित भएका यात्रीहरूलाई दिइनेछ। एयरलाइनले खेद प्रकट गर्दै भन्यो, 3, 4 र 5 दिसम्बरमा यात्रा गर्ने उसका केही ग्राहकहरू धेरै घण्टासम्म केही हवाई अड्डामा फंसिरहे र त्यसमध्ये धेरै भीड़भाड़ले प्रभावित भए। हामी यस्ता गम्भीर रूपमा प्रभावित भएका ग्राहकहरूलाई 10 हजार रूपियाँ मूल्यको यात्रा ‘वाउचर’ प्रदान गर्नेछौं। यो यात्रा ‘वाउचर’ को प्रयोग आगामी 12 महिनामा इन्डिगोको कुनैपनि यात्राको निम्ति गर्नसकिन्छ।
कम्पनीले यो वाउचर हालको सरकारी दिशानिर्देशहरू अन्तर्गत गरिएको प्रतिबद्धता अतिरिक्त भएको बताएको छ, जस अनुसार इन्डिगोले ती ग्राहकहरूलाई उड़ान ‘ब्लक’ समय को आधारमा 5,000 रूपियाँदेखि 10 हजार रुपियाँसम्मको क्षतिपूर्ति प्रदान गर्नेछ, जसको उड़ानहरू प्रस्थान समयभन्दा 24 घण्टाभित्र रद्द गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी