
हजारीबाग, 11 दिसम्बर (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले बिहिवार बिहान हजारीबागमा उपस्थित आतङ्की नेटवर्कको लिंक्स र टेरर फण्डिङको एक व्यापक मामिलाको जाँचको क्रममा छापा मारेको छ। एनआईएले अहिले डा. जमीललाई सोधपुछको निम्ति हिरासतमा लिएको छ।
हजारीबाग जिल्लाको पेलावल थाना क्षेत्रको अन्सार नगर क्षेत्रमा रहेको दन्त चिकित्सक जमीलको घरमा एनआईएले छापा मारेको छ, जसले गर्दा पूरा क्षेत्रमा कोकोहोलो मच्चियो। एनआईएको टीम सीआरपीएफ जवानहरूको साथ पुग्यो र खोजी अभियान चलायो। घरमा भएको शंकास्पद गतिविधिहरूको अनुसन्धानको सन्दर्भमा यो कारबाही गरियो। सुरक्षा एजेन्सीले केही समयदेखि अन्सार नगर क्षेत्रमा शंकास्पद गतिविधि र डिजिटल सम्पर्कहरूबारे जानकारी प्राप्त गरिरहेको थियो। यसपछि केन्द्रिय एजेन्सीहरूले क्षेत्रमा आफ्नो निगरानी बढ़ाएका थिए। प्रारम्भिक जानकारी अनुसार, एनआईएले स्थानीय बासिन्दाहरूबाट प्राप्त विशिष्ट सञ्चार लिङ्कहरू र इनपुटको आधारमा यो अपरेशन गरेको हो।
एनआईए टीमले संदिग्धहरूको घरबाट महत्त्वपूर्ण कागजातहरू, मोबाइल फोनहरू, ल्यापटपहरू र अन्य इलेक्ट्रोनिक सामग्रीहरू जफत गरेको छ, जसको जाँच भइरहेको छ। जफत गरिएका प्रमाणहरूको आधारमा जाँच टीमले अब संदिग्धहरूको सम्भावित नेटवर्क, उनीहरूको वित्तीय लेनदेन र कुनैपनि बाह्य वा अन्तरराष्ट्रिय लिङ्कहरूको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी