बाँकुड़ामा अल्पसंख्यक समुदायका दुई सय मानिसहरू भाजपामा सामेल
बाँकुड़ामा अल्पसंख्यक समुदायका दुई सय मानिसहरू भाजपामा सामेल


बाँकुड़ा, 11 दिसम्बर (हि.स.)। बाँकुड़ाको सर्किट हाउस मोड़मा गए बुधवार राति भाजपाको कार्यक्रममा दुई सय मुसलमानहरूले भाजपाको झण्डा समाते। भाजपा नेता राहुल सिन्हाले उनीहरूको हातमा पार्टी झण्डा दिेर उनीहरूलाई स्वागत गरे। यस अवधि राहुल सिन्हाले तृणमूलमाथि हमला गर्दै भने, तृणमूलमा सामेल हुनेहरू यस क्षेत्रका हुने छैनन्। उनीहरूको उद्देश्य राज्य नेतृत्वलाई देखाउनु मात्र हुनेछ। तर हाम्रो पार्टीमा सामेल भइरहेका यी मानिसहरू सबै स्थानीय हुन्।

राहुल सिन्हाले आफ्नो सम्बोधनमा भने, भारतीय मुसलमान औ हिन्दूमाझ कुनै अन्तर छैन। एउटा कपाल पनि धेर-थोर छैन। हामी नजरूलका सन्देशहरूलाई स्मरण गर्दछौं। तर हामी कुनै पनि स्थितिमा बंगलादेश, अरब, म्यान्मारबाट आएका मुस्लिम अनुप्रवेशकारीहरूलाई ठाउँ दिनेछैनौं। साथै स्पष्ट रूपमा भनिरहेको छु, बाबरका चम्चेहरूलाई यस देशमा बस्न पनि दिनेछैनौं।

तृणमूलका बाँकुड़ा जिल्ला उपाध्यक्ष बिधान सिंहले राहुल सिन्हाको बयानमाथि प्रत्याक्रमण गर्दै भने, मन्दिर-मस्जिद, हिन्दू-मुसलमानको मुद्दा सबैभन्दा पहिला भाजपाले नै उठाएको हो। राहुल सिन्हा स्वयं आफ्नो पार्टीमा उपेक्षित छन्। उनको यस किसिमको टिप्पणीको कुनै औचित्य छैन। स्थानीय राजनीतिक विश्लेषकहरूको मान्यता छ, बाँकुड़ा जस्तो क्षेत्रा मुस्लिम मतदाताहरूको धेरै संख्या छ र भाजपा यस वर्गलाई फकाउने प्रयासमा जुटेको छ। तथापि तृणमूलले यसलाई राजनीतिक नाटक बताएर खारेज गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande