मतदाता सूचीको विशेष सघन संशोधन फारम जमा गर्ने अन्तिम तारिक आज
चुनाउ


चेन्नई, 11 दिसम्बर (हि.स.)। तमिलनाडू, केरल, पश्चिम बंगाल, असम र पुदुचेरी सहित 9 राज्यमा चुनाउ आयोगले मतदाता सूचीको विशेष सघन संशोधन (एसआईआर) को आयोजन गरिरहेको छ।

शुरूमा यसलाई 04 दिसम्बरसम्म गर्नुपर्ने थियो तर पछि यसको समयसीमा एक हप्ता बढ़ाइयो। यस अनुसार, आज मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) फारम भर्ने र बुझाउने अन्तिम तारिक हो। तमिलनाडुका मुख्य निर्वाचन अधिकारी अर्चना पटनायकद्वारा जारी गरिएको जानकारी अनुसार, 09 दिसम्बरसम्म 6,40,84,624 फारम (99.95 प्रतिशत) मतदातालाई बाड़िएको छ, जसमध्ये 6,38,25,877 फारम अर्थात् 99.55 प्रतिशत अपलोड गरिएको छ।

तमिलनाडूको कूल 6 करोड़ 41 लाख मतदाताहरूमध्ये 99.99% फारम वितरण गरिएको छ अर्थात् केवल 4,201 जनालाई नै फारम दिनुपर्नेछ। वितरण गरिएको फारममध्ये 99.95% लाई कम्प्यूटराइज गरिएको छ अर्थात् केवल 26,967 जनाले फारम बुझाएनन्।

चुनाउ आयोग अनुसार, 10 दिसम्बरसम्म सबै 12 राज्यमा 99.98% फारम वितरण गरिएको छ र 99.59% फारम अनलाइन अपलोड गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande