
मुम्बई, 11 दिसम्बर (हि.स.)। मुम्बई एयरपोर्टको ईमेलमा बिहिवार बिहान एकपछि अर्को विदेशी विमानहरूलाई बमले उड़ाउने धम्कीपूर्ण मेसेज पाएपछि एयरपोर्ट परिसरमा पुलिसको खोजी अभियान जारी छ। यस धम्कीपछि एयरपोर्टका वरपर सुरक्षा बढ़ाइएको छ। साथै पुलिसले धम्की पठाउने विरूद्ध मामिला दर्ता गरी खोजी अभियान शुरू गरेको छ।
यस घटनाको छानबीन गरिरहेका पुलिस अधिकारीले बताए, आज बिहान एयरपोर्टको ईमेलमा अज्ञात व्यक्तिले मेसेज पठाएको छ। ईमेल पठाउनेले दाबी गरेको छ कि जापान, कनाडा, जर्मनी र अस्ट्रेलिया जाने फ्लाइट्समा अगावै विस्फोटक राखिएको छ। फ्लाइट्सले टेकअफ गरेको लगभग आधा घण्टापछि त्यो एकपछि अर्को पड्किनेछ। यति मात्र होइन इमेलमा थप भनिएको छ, यदि तपाई यस्तो कुनै समस्यादेखि बच्न चाहन्छन् भने दश मिलियम डलर तयार राख्नुहोस्।
मुम्बई पुलिस आतंकवाद विरोधी दल (एटीएस), साइबर विङ र विमानस्थल सुरक्षा बलले संयुक्त अनुसन्धान शुरु गरेका छन्। इमेलको स्रोत, यसको आईपी ठेगाना, इमेल पठाउन प्रयोग गरिएको माध्यम र सम्बन्धित टेक्निकल साक्ष्य खोज्ने काम भइरहेको छ। सबै विमानस्थल टर्मिनलहरूमा सुरक्षा जाँच कड़ा पारिएको छ र थप जाँचपछि मात्र अन्तरराष्ट्रिय उड़ानहरूलाई प्रस्थान गर्न अनुमति दिइँदैछ।
आतंकवादी मनसाय छ कि छैन वा कसैले पैसा असुल्नको लागि मार्ने धम्की दिइरहेको छ कि छैन भनेर निर्धारण गर्न पुलिसले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। विमानस्थल परिसर, समान स्क्यानिङ प्रणाली र विमानस्थलको प्राविधिक जाँचमा सुरक्षा कड़ा पारिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी