संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ
संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ


गान्तोक, 11 दिसम्बर (हि.स.)। गेजिङ पुलिसले एक व्यक्तिलाई संदिग्ध ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम टेक बहादुर छेत्री बताइएको छ। 36 वर्षीय आरोपी मूलरूपमा मिडल गेजिङ निवासी हुन् भने हाल आरिगाउॅंमा बस्दै आएका छन्।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, बुधवार आरोपी व्यक्ति वाहनमा गेजिङ बजारदेखि क्योङ्गसा खेलमैदानतिर गइरहेका थिए। यस क्रममा पुलिस कर्मीहरूले उनको वाहन रोकेर छानबिन गऱ्यो। छानबिन गर्दा उनले लगाएको ज्याकेटको देब्रे गोजीबाट 0.34 ग्राम ब्राउन शुगर भेटियो। यसरी नै वाहनको छानबिन गर्दा 96 वटा सा-साना पाउचमा 35.65 ग्राम ब्राउन शुगर भेटियो।

पुलिसले प्रतिबन्धित लागूऔषध, केही नगद र वाहन जफत गरेको छ। आरोपी विरूद्ध एनडीपीएस, 1985 अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande