पश्चिम कार्बी आङलोगमा कंग्रेस लगभग खाली हात हुने अवस्थामा
पश्चिम कार्बी आङलोगमा कंग्रेस लगभग खाली हात हुने अवस्थामा


कार्बी आङलोङ (असम), 14 दिसम्बर (हि.स.)। असमको पश्चिम कार्बी आङलोङ जिल्लामा कंग्रेस पार्टीलाई ठूलो झट्का लागेको छ। डोङकामुकामका विभिन्न परिषदीय क्षेत्रहरूसित सम्बन्धित कंग्रेसका 6 सयभन्दा अधिक नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिए।

पार्टी छोड़्ने नेता तथा कार्यकर्ताहरूले कंग्रेसमाथि कुप्रशासन, संगठनलाई अदेखा गरेको तथा परिवारकेन्द्रित राजनीति गरेको आरोप लगाए। उनीहरूको भनाइ छ, लामो समयदेखिकै धरातलीय स्तरका कार्यकर्ताहरूको उपेक्षा गरिँदैथ्यो जसले गर्दा पार्टीभित्र असन्तोष बढ़ेको छ। कंग्रेसबाट भएको यस व्यापक विदाईलाई पश्चिम कार्बी आंगलोंगमा पार्टीको लागि गम्भीर झट्काको रूपमा हेरिँदैछ जसबाट जिल्लामा कंग्रेसको राजनीतिक भविष्यमा प्रश्न उठेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande