असमका श्रमिकहरूको अरुणाचल दुर्घटनामा भएको मृत्यु मामिलामा दुई ठेकादार पक्राउ
असमका श्रमिकहरूको अरुणाचल दुर्घटनामा भएको मृत्यु मामिलामा दुई ठेकादार पक्राउ


तिनसुकिया (असम), 14 दिसम्बर (हि.स.)। अरुणाचल प्रदेशको हायुलियांग क्षेत्रमा गत 13 दिसम्बरमा भएको भयानक सड़क दुर्घटनामा 21 जना श्रमिकहरूको मृत्यु भएको मामिलामा पुलिसले दुईजना ठेकेदारहरूलाई पक्राउ गरेको छ। पुलिस प्रवक्ताले आइतवार बताए, पक्रा पर्ने ठेकेदारहरूको पहिचान सिराजुल अहमद र चैरूद्दीन अलीको रूपमा भएको छ जसले श्रमिकहरूलाई कामको लागि अरूणाचल लगिरहेका थिए।

यसबीच अधिकारीहरूले बताए, दुर्घटनामा मारिएका एघारजना श्रमिकहरूको शव आइतवार तिनसुकिया ल्याउने प्रक्रिया भइरहेको छ। अहिले पनि चारजना श्रमिकहरू बेपत्ता छन् जसको खोजीमा बचाउ अभियान लगातार जारी छ। मुख्यमन्त्रीको निर्देशमा राहत औ बचाउ अभियानको निगरानी राज्यका मन्त्री बिमल बोरा तथा मन्त्री रूपेश गोवालाले गरिरहेका छन्। प्रशासनको पक्षबाट पीड़ित परिवारहरूलाई हरसम्भव सहयोग गर्ने प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande